भारत अस्ट्रेलियासँग पराजित हुनुका कारण

हिमाल प्रेस ७ कार्तिक २०८२ १२:२९ | Friday, October 24, 2025
भारत अस्ट्रेलियासँग पराजित हुनुका कारण

काठमाडौँ- भारतीय क्रिकेट टोलीले तीन खेलको वानडे सिरिज पहिलो दुई खेलमै गुमाएको छ। पर्थ र एडिलेडमा अस्ट्रेलियाले एकतर्फी जित निकाल्दै सिरिज आफ्नो पक्षमा पारेको हो। भारत ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्षमा कमजोर देखियो। भारतीय टोलीको निराशाजनक प्रदर्शनका पाँच प्रमुख कारणमा टसमा लगातार हार हो।

भारतीय कप्तान शुभमन गिल दुवै खेलमा टस हार्दा भारतलाई पहिले ब्याटिङ गर्नुपर्‍यो। पर्थ र एडिलेड दुवै मैदानमा सुरुवातमा फिल्डिङ गर्ने टोलीलाई फाइदा पुग्ने अवस्था थियो। पर्थमा पानीका कारण भारतीय पारी रोकिँदा लय बिग्रियो भने एडिलेडमा चिस्यानयुक्त पिचको लाभ अस्ट्रेलियाली बलरहरूले उठाए।

भारतका शीर्ष तीन ब्याट्सम्यान शुभमन गिल, विराट कोहली र रोहित शर्माले अपेक्षित प्रदर्शन गर्न सकेनन्। गिलले १० र ९ रन मात्रै जोडे, कोहली दुवै खेलमा शून्यमा आउट भए र शर्माले एक खेलमा मात्र केही रन बनाए। दुवै खेलमा यी तीन खेलाडी मिलेर जम्मा १०० रन पनि बनाउन सकेनन्।

त्यस्तै, अस्ट्रेलियाली पिचमा रिस्ट स्पिनर प्रभावकारी हुने प्रायः देखिन्छ तर भारतीय टोलीले कुलदीप यादवलाई दुवै खेलमा बेन्चमै राख्यो। अक्षर पटेल र वासिंगटन सुन्दरले मौका पाए पनि उनीहरूको बलिङ असरदार हुन सकेन।

शुभमन गिलको कप्तानी अपेक्षाकृत कमजोर रह्यो। फिल्ड सेटिङ र बलिङ परिवर्तनमा स्पष्ट रणनीतिक कमी देखियो। टोलीको आत्मविश्वास पनि कम देखिएको विश्लेषकहरूको टिप्पणी छ।

भारतका फास्ट बलरहरू अर्शदीप सिंह, हर्षित राणा र मोहम्मद सिराजले अपेक्षाकृत सहयोगी पिचमा पनि राम्रो प्रदर्शन गर्न सकेनन्। तीनैजनाले मिलेर जम्मा पाँच विकेट लिए भने सिराजले एकपटक पनि विकेट हात पार्न सकेनन्। यसको विपरीत अस्ट्रेलियाका बलरहरूले दुई खेलमै ११ विकेट लिए।

प्रकाशित: ७ कार्तिक २०८२ १२:२९ | Friday, October 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast