एल‌ क्लासिकोमा रियलको जित

हिमाल प्रेस १० कार्तिक २०८२ ८:१० | Monday, October 27, 2025
एल‌ क्लासिकोमा रियलको जित

काठमाडौँ- एल‌ क्लासिकोमा यस पटक रियल म्याड्रिडले सफलता प्राप्त गरेको छ। प्रतिस्पर्धा खेलमा रियलले बार्सिलोनामाथि २-१ को रोमाञ्चक जित निकाल्यो।

सान्टियागो बेर्नाबेउमा भएको यो खेलमा केलियन एमबाप्पे र जुड बेलिंघमका गोलले रियल विजयी भयो। २२ औं मिनेटमा एमबाप्पेले पहिलो गोल गरे। फर्मिन लोपेजले ३९ औं मिनेटमा बराबरी गोल गरे। मार्कस रासफोर्डको क्रसमा उनले गोल गरे।

४३ औं मिनेटमा बेलिंघमले नजिकबाट गरेको गोल खेलको निर्णायक बन्यो। भिनिसियस जुनियरको क्रसलाई मिलियटोले हेड मार्फत मिलाई दिएपछि बेलिंघमले सहजै गोल गरे।

५२औं रियलले अन्तर बढाउने मौका गुमायो। एमबाप्पेको पेनाल्टीलाई बार्सिलोनाका गोलकिपरले रोके । त्यसअघि १२ औं मिनेटमा एमबाप्पेको होमलाई भीएआर जाँच पछि अमान्य गरिएको थियो।

बार्सिलोनाले १० खेलाडीमा खेलको अन्त्य गर्‍यो। इन्ज्युरी समयको १०औं मिनेटमा पिर्दीले दोहोरो पहेलो कार्ड पाएका थिए। यो सिजनको पहिलो क्लासिकोमा सुरुदेखि अन्त्यसम्म खेल रोमान्चक रह्यो। खेल समाप्त भएपछि दुवै टोलीका खेलाडीहरूबीच केही तनावपूर्ण अवस्था रह्यो ।जसले भिडन्तलाई झन् नाटकीय बनायो।

जितपछि २७ अंकसहित शीर्ष स्थानको रियलले बार्सिलोनालाई‌ ५ अंकले पछि परेको छ। अन्य खेलमा भिल्लारियलले भ्यालेन्सियालाई २-० ले हरायो । मालोर्का र लेभान्तेले १-१ को बराबरी खेले।

प्रकाशित: १० कार्तिक २०८२ ८:१० | Monday, October 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast