तेक्वान्दो संघको केन्द्रीय उपाध्यक्षमा राम गिरी

हिमाल प्रेस ३ कार्तिक २०८२ १४:३८ | Monday, October 20, 2025
6
SHARES
तेक्वान्दो संघको केन्द्रीय उपाध्यक्षमा राम गिरी

काठमाडौँ- तीन दशकदेखि तेक्वान्दो खेलमा सक्रिय युवा उद्यमी तथा समाजसेवी राम गिरी नेपाल तेक्वान्दो संघको केन्द्रीय उपाध्यक्षमा मनोनीत भएका छन्।

२०४९ सालमा छाउनीस्थित बालग्राम तेक्वान्दो डोजाङबाट खेल यात्रा सुरु गरेका गिरीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा दर्जनौँ पदक जितेका छन्। उनी यसअघि संघका केन्द्रीय सदस्य तथा राष्ट्रिय टिमका संयोजक पनि रहे।

लामो समयदेखि प्रशिक्षकका रूपमा सक्रिय गिरीले आफ्नै डोजाङमार्फत पाँच सयभन्दा बढी ब्ल्याक बेल्ट खेलाडी उत्पादन गरेका छन्। उनका धेरै शिष्य दोस्रोदेखि पाँचौँ डानसम्मका खेलाडी बनेका छन्।

गिरीले भने, ‘मेरा खेलाडीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा योगदान दिइरहेका छन्। अब संघको नेतृत्वमा रहेर खेलकुदमार्फत समाज र राष्ट्र विकासमा योगदान पुर्‍याउने लक्ष्य लिएको छु।’

अध्यक्ष दीपराज गुरुङ नेतृत्वको संघको सौराहामा सम्पन्न पाँचौँ अधिवेशनपछि गिरीलाई उपाध्यक्षमा मनाेनीत गरिएको हो।

तेक्वान्दो खेल आफ्नो जीवनको अभिन्न हिस्सा भएको बताउँदै उनले संघको भिजनअनुसार खेल विकासका गतिविधि अघि बढाउने प्रतिबद्धता जनाए।

प्रकाशित: ३ कार्तिक २०८२ १४:३८ | Monday, October 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast