राजेश हमालको पुस्तक ‘युगदेखि युगसम्म’ सार्वजनिक

हिमाल प्रेस २५ असोज २०८२ १७:२५ | Saturday, October 11, 2025
राजेश हमालको पुस्तक ‘युगदेखि युगसम्म’ सार्वजनिक

काठमाडौँ- अभिनेता राजेश हमालको पुस्तक ‘युगदेखि युगसम्म’ सार्वजनिक भएको छ।

शनिबार काठमाडौँको कमलादीस्थित प्रज्ञा डबलीमा अभिनेता हमाललगायतले ‘युगदेखि युगसम्म’ पुस्तक सार्वजनिक गरेका हुन्।

पत्रकार तथा लेखक यज्ञशसँगको संवादमा तयार भएको पुस्तकमा जीवनयात्रा, फिल्म जीवनसँग जोडिएका अनुभव, संस्मरण तथा सामाजिक र व्यक्तिगत विचारहरू समेटिएको अभिनेता हमालले जानकारी दिए। राजनीति, धर्म, केही मनोविज्ञानका कुरासमेत पुस्तकमा समेटिएको उनले बताए।

पुस्तक फाइन प्रिन्टले बजारमा ल्याएको हो। पुस्तक तयार गर्न करिब तीन वर्ष लागेको हमालले बताए। पुस्तक मुल्य आठ सय ४८ रूपैयाँ रहेको छ।

प्रकाशित: २५ असोज २०८२ १७:२५ | Saturday, October 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast