कृषि गेम रियालिटी सो काे ‘महाहोस्ट’ मा राजेश हमाल, आजदेखि प्रसारण हुँदै ‘रिभोल्युसनरी एग्रिकल्चर वार’

हिमाल प्रेस ३० असोज २०८२ १३:३६ | Thursday, October 16, 2025
कृषि गेम रियालिटी सो काे ‘महाहोस्ट’ मा राजेश हमाल, आजदेखि प्रसारण हुँदै ‘रिभोल्युसनरी एग्रिकल्चर वार’

काठमाडौँ- कृषि केन्द्रित गेम रियालिटी शो ‘रिभोल्युसनरी एग्रिकल्चर वार’ आज (बिहीबार)देखि प्रसारण हुने भएको छ। कार्यक्रम आज राति ८ बजे हिमालय टेलिभिजनमा र राति ८ः१५ बजे ओएसआर रियालिटी युट्युब च्यानलमार्फत प्रसारण हुने आयोजकले जनाएको छ।

यसअघि बुधबार राजधानीको सिटी सेन्टरमा आयोजना गरिएको प्रिमियर सो मा उपस्थित दर्शकले कार्यक्रम अत्यन्त रुचाएका थिए। सो मा प्रस्तुत नवीन अवधारणा र प्रस्तुतिलाई प्रशंसा गरिएको थियो।

कार्यक्रमको ‘महाहोस्ट’को रूपमा महानायक राजेश हमाल छन् भने सो को परिकल्पना, निर्माण तथा निर्देशन शैलेश कँडेल क्षेत्रीले गरेका हुन्।

निर्देशक कँडेलकाअनुसार सो को मूल उद्देश्य कृषकलाई सशक्त बनाउने, कृषि व्यवसायलाई सम्मानित पेशाको रूपमा स्थापित गर्ने र कृषिप्रति समाजको दृष्टिकोण सकारात्मक बनाउन मद्दत पुर्‍याउने हो।

त्यस्तै, महाहोस्ट हमालले यो सो ले देशको अर्थतन्त्रमा टेवा पुर्‍याउने, कृषकलाई प्रोत्साहन दिलाउने र युवाहरूलाई आधुनिक कृषि पेशातर्फ आकर्षित गर्ने विश्वास व्यक्त गरे। उनका अनुसार यो कार्यक्रमले दर्शकहरूलाई कृषि कर्मको महत्व, चुनौती र सम्भावनाबारे जानकारी दिनुका साथै मनोरञ्जन र प्रेरणा दुवै प्रदान गर्नेछ।

कार्यक्रममा किसान र कृषि प्राविधिक गरी दुई समूहका प्रतिस्पर्धीहरूबीच रोचक प्रतिस्पर्धा देख्न सकिनेछ। आयोजकले सो लाई विश्वमै पहिलो पटक निर्माण गरिएको भन्ने दाबी गरेका छन्।

प्रकाशित: ३० असोज २०८२ १३:३६ | Thursday, October 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast