‘कोशी प्रदेशको पहाडी भूभागमा वर्षा हुन सक्छ’

हिमाल प्रेस ८ कार्तिक २०८२ ६:४७ | Saturday, October 25, 2025
‘कोशी प्रदेशको पहाडी भूभागमा वर्षा हुन सक्छ’

काठमाडौँ- देशमा कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नभए पनि आज तीन प्रदेशमा भने हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशका पहाडी भूभागको मौसम आंशिक बदली रहने छ। बाँकी भूभागको मौसम भने मूख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा आज दिउँसो हल्का वर्षा र हिमपातको सम्भावना छ।

आज राति पनि कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मूख्यतया सफा रहने अनुमान विभागको छ।

महाशाखाका अनुसार कोसी प्रदेशको पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा आज राति हल्का वर्षा र हिमपातको सम्भावना छ भने बाँकी भूभागको मौसम सफा रहने छ।

 

प्रकाशित: ८ कार्तिक २०८२ ६:४७ | Saturday, October 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast