फाइल तस्बिर
काठमाडौँ- हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणाली तथा बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’को आंशिक प्रभाव नेपालमा पनि परिरहेको छ।
काठमाडौँसहित देशका विभिन्न स्थानमा बुधबारदेखि भइरहेको वर्षा बिहीबार पनि जारी छ। वर्षा कात्तिक १५ गते शनिबारसम्म रहने जल तथा मौसम विभागले जनाएको छ। विभागले सर्तकता अपनाएर सुरक्षित हुन आह्वानसमेत गरेको छ।
वर्षा भएपछि काठमाडौँको जनजीवन प्रभावित बनेको छ।

प्रकाशित: १३ कार्तिक २०८२ १६:०० | Thursday, October 30, 2025
प्रतिक्रिया




