विश्वविद्यालयमा राजनीति अन्त्य नगरेसम्म गुणस्तर सम्भव छैन : शिक्षामन्त्री

हिमाल प्रेस २९ असोज २०८२ १०:२७ | Wednesday, October 15, 2025
विश्वविद्यालयमा राजनीति अन्त्य नगरेसम्म गुणस्तर सम्भव छैन : शिक्षामन्त्री महावीर पुन

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री डा.महावीर पुनले विश्वविद्यालयहरूको पठनपाठन वातावरण सुधारका लागि राजनीतिकरण अन्त्य गर्नु अपरिहार्य भएको बताएका छन्।

मन्त्री पुनका अनुसार देशका प्राज्ञ तथा शिक्षाविद्हरूले विश्वविद्यालयमा विद्यमान राजनीतिक प्रभावले गुणस्तरीय शिक्षामा नकारात्मक असर परेको भन्दै तत्काल सुधारका लागि ठोस कदम चाल्न सुझाव दिएका छन्।

‘प्राज्ञहरूले भनेका छन्- विश्वविद्यालयहरूमा राजनीतिकरणको अन्त्य नगरी नहुने देखिएको छ। त्यसो नगरेसम्म पठनपाठनको स्वच्छ वातावरण सिर्जना हुँदैन र विद्यार्थीहरूले गुणस्तर शिक्षा आर्जन गर्न सक्दैनन्,’ मन्त्री पुनले बताएका छन्।

उनका अनुसार विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने प्रचलनले निष्पक्षता र स्वायत्तता कमजोर बनाएको छ। ‘त्यसको अन्त्य गरी सक्षम र निष्पक्ष कुलपति चयन गर्ने व्यवस्था गर्नुपर्ने सुझाव आएको छ,’ मन्त्री पुनले भने।

तर उनले अहिलेको सरकारले तत्कालै सम्बन्धित ऐन संशोधन गर्न नसक्ने बताएका छन्। ‘प्राज्ञहरूले दिएको मुख्य सुझाव यही हो,’ मन्त्री पुनले भने।

प्रकाशित: २९ असोज २०८२ १०:२७ | Wednesday, October 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast