‘प्रकाश’ युट्युबमा सार्वजनिक [भिडियोसहित]

हिमाल प्रेस ३१ असोज २०८२ १४:०६ | Friday, October 17, 2025
‘प्रकाश’ युट्युबमा सार्वजनिक [भिडियोसहित]

काठमाडौँ- कर्णालीको कथामा बनेको फिल्म ‘प्रकाश’ युट्युबमा सार्वजनिक गरिएको छ। तिहार लक्षित गरेर निर्माण टिमले फिल्म ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरेको हो।

विकाश सुवेदीको लेखन र दिनेश राउतको निर्देशनमा बनेको फिल्मले जुम्लाका एक युवाको शिक्षक बन्ने संघर्षको कथा प्रस्तुत गरेको छ।

फिल्ममा अभिनेता प्रदीप खड्का मुख्य भूमिकामा छन्। साथै अभिनेत्री दीया मास्के, रेणु योगी, प्रकाश घिमिरे, राजन खतिवडालगायत कलाकारकाे पनि अभिनय रहेकाे छ।

फिल्मले हलमा सकारात्मक प्रतिक्रिया पाएको थियो। तर बक्स अफिसमा भने सोचेअनुसार व्यापार गर्न सकेन। फिल्म महेन्द्र अधिकारीकाे लगानीमा बनेकाे हाे।

यस्तो छ फिल्म

प्रकाशित: ३१ असोज २०८२ १४:०६ | Friday, October 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast