अधिकांश प्रदेश, जिल्ला र पालिकाले अधिवेशनलाई प्राथमिकता नदिँदा समस्या : विद्यालय कर्मचारी परिषद्

हिमाल प्रेस २७ असोज २०८२ १५:१६ | Monday, October 13, 2025
20
SHARES
अधिकांश प्रदेश, जिल्ला र पालिकाले अधिवेशनलाई प्राथमिकता नदिँदा  समस्या : विद्यालय कर्मचारी परिषद् नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारी।

काठमाडौँ- नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले प्रदेश, जिल्ला र पालिका तहका समितिहरूलाई सम्बन्धित तहको अधिवेशन तत्काल सम्पन्न गरी विवरण केन्द्रमा पठाउन आग्रह गरेको छ।

राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीका अनुसार केन्द्रीय समितिबाट पटक–पटक निर्देशन दिइँदा पनि अधिकांश प्रदेश, जिल्ला र पालिकाहरूले अधिवेशनलाई प्राथमिकता नदिँदा राष्ट्रिय अधिवेशनको तयारी प्रक्रिया प्रभावित भएको छ।

अध्यक्ष तिवारीले साेमबार उक्त आग्रह गर्दै केही जिल्ला समितिहरूले पालिकास्तरमा देखिएका विद्यालय कर्मचारीका समस्या सिधै राष्ट्रिय समितिको जिम्मामा पठाउन खोजेको गुनासो आएको बताए। उनले यस्तो प्रवृत्तिले संगठनात्मक जिम्मेवारीबाट पन्छिने प्रयास भएको भन्दै सुधारका लागि ध्यानाकर्षण गराएका छन्।

‘पालिका तहका समस्या पालिका समितिबाट समाधान हुन नसकेमा जिल्ला समितिमा, त्यसबाट नहुने भए प्रदेश समितिमा र अन्ततः राष्ट्रिय समितिमा जानकारी गराउनुपर्ने व्यवस्था छ,’ तिवारीले भनेका छन्,‘तर कतिपय ठाउँमा सो प्रक्रिया पालना नभएकाले अव्यवस्था देखिएको छ।’

राष्ट्रिय समितिले सम्बन्धित सबै तहका समितिहरूलाई यथाशीघ्र अधिवेशन सम्पन्न गरी त्यसको विवरण केन्द्रमा पठाउन आग्रह गरेको छ। साथै, तोकिएको समयमा कार्य सम्पन्न गर्न असफल समितिहरूमाथि संगठनको विधानअनुसार आवश्यक प्रक्रिया अघि बढाइने चेतावनी समेत दिएको छ।

प्रकाशित: २७ असोज २०८२ १५:१६ | Monday, October 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast