सुरक्षा निकायका प्रमुखहरूसँग प्रधानमन्त्रीको सुरक्षा संवाद : वर्तमान सुरक्षा अवस्थाबारे चासो

हिमाल प्रेस ८ कार्तिक २०८२ १२:१८ | Saturday, October 25, 2025
सुरक्षा निकायका प्रमुखहरूसँग प्रधानमन्त्रीको सुरक्षा संवाद : वर्तमान सुरक्षा अवस्थाबारे चासो प्रधानमन्त्री सुशीला कार्की।

काठमाडौँ- वर्तमान सुरक्षा अवस्थाको विशेषण गरी आवश्यक कदम चालन बालुवाटारमा उच्चस्तरीय बैठक बसेको छ।

प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगाल र चारवटै सुरक्षा निकायका प्रमुखहरू हुन्।

करिब दुई घण्टा चलेको बैठकमा सुरक्षा प्रमुखहरूले वर्तमान अवस्थाबारे आ–आफ्नो विश्लेषण प्रस्तुत गरेका थिए। सम्भावित सुरक्षा चुनौतीका विषयमा पनि बैठकमा छलफल भएको थियो।

बैठकपछि गृहमन्त्री ओमप्रकाश अर्यालले भने, ‘सुरक्षा अवस्थाबारे हामीले सूक्ष्म विश्लेषण गरेका छौँ। विभिन्न समूहले प्रदर्शनका लागि तयारी गरेको भन्ने कुराहरू आएका छन्। आफ्ना राजनीतिक मागहरू जिम्मेवार ढंगले राख्न सबै स्वतन्त्र छन्। राजनीतिक मुद्दाको सम्बोधनका लागि हामीले संवादको ढोका खुला राखेका छौँ। सम्बद्ध पक्षहरूसँग हामी वार्ता गर्छौँ। संवादबाटै समस्याको समाधान चाहन्छौँ।’
अहिलेको अवस्थालाई विचार गरी जिम्मेवार ढंगले प्रस्तुत भइदिन पनि उनले आग्रह गरेका छन्।

प्रकाशित: ८ कार्तिक २०८२ १२:१८ | Saturday, October 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast