राष्ट्रपति अस्वस्थ, अस्पताल भर्ना

हिमाल प्रेस २५ असोज २०८२ १४:२३ | Saturday, October 11, 2025
राष्ट्रपति अस्वस्थ, अस्पताल भर्ना

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेललाई अस्पताल भर्ना गरिएको छ। जेनजीहरूसँग छलफल गर्दागर्दै अस्वस्थ भएपछि पौडेललाई अस्पताल भर्ना गरिएको हो। राष्ट्रपति पौडेलसँग छलफल गर्न भन्दै शनिबार बिहान प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीहरूका साथै २२ जना जेनजी शीतल निवास पुगेका थिए।

छलफलकै क्रममा स्वास्थ्यमा समस्या देखिएपछि पौडेललाई महाराजगन्जस्थित मनमोहन कार्डियोथरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर पुर्‍याइएको थियो। उनको अवस्था स्थिर रहेको र थप परीक्षणका लागि अस्पतालमै राखिएको अस्पताल स्रोतले जनाएको छ।

शीतल निवासभित्र छलफल चलिरहँदा आफूहरूलाई वार्तामा सहभागी नगराइएको भन्दै कतिपय युवाले शीतल निवासबाहिर विरोध जनाएका थिए। जेनजीबीच नै विवाद भएको भन्दै राष्ट्रपति पौडेलले छलफल स्थगित गरेको बताइएको थियो।

प्रकाशित: २५ असोज २०८२ १४:२३ | Saturday, October 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast