राष्ट्रपति पौडेलले शीतल निवासमा लगाए भाइटीका

हिमाल प्रेस ६ कार्तिक २०८२ १५:२२ | Thursday, October 23, 2025
राष्ट्रपति पौडेलले शीतल निवासमा लगाए भाइटीका

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाबाट शुभसाइतमा यस वर्षको तिहारको टीका लगाएका छन्।

राष्ट्रपति पौडेलले बिहीबार राष्ट्रपति भवन शितलनिवासमा ११:३९ बजेको शुभसाइतमा बहिनीहरू शारदा र चन्दाको हातबाट टीका लगाएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३९ मिनेटका लागि निर्धारण गरेको थियो। भाइटीकाको उत्तम साइत तय गरिए पनि दिनभर नै टीका लगाउन सकिने समितिले जनाएको छ ।

यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने गरिन्छ।

प्रकाशित: ६ कार्तिक २०८२ १५:२२ | Thursday, October 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast