राष्ट्रिय जनमोर्चा रूपन्देहीका अध्यक्षको मृत्यु

हिमाल प्रेस ७ कार्तिक २०८२ ८:२५ | Friday, October 24, 2025
राष्ट्रिय जनमोर्चा रूपन्देहीका अध्यक्षको मृत्यु

काठमाडौँ- राष्ट्रिय जनमोर्चा रूपन्देहीका अध्यक्ष टानबहादुर केसीको मृत्यु भएको छ। बिहीबार घरमै तिहार मनाइरहेका केसीको हृदयाघातका कारण मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।

तिहारको टीका लगाएपछि घरमै दिदीबहिनीसँग नाचगान गरिरहेका केसी अचानक बेहोस भएका थिए। ‘घरमा नाचगान भइरहेको थियो, अचानक ढल्नुभयो। उपचारका लागि ल्याउँदा ल्याउँदै मृत्यु भयो,’ पारिवारिक स्रोतले भन्यो।

जनमोर्चा निकट प्रगतिशील पत्रकार संघका अध्यक्ष श्यामलाल पोखरेलका अनुसार केसीलाई उपचारका लागि बुटवल अस्पताल प्रालिमा ल्याइएको थियो। अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

५१ वर्षीय केसीका श्रीमती र ३ छोरा छन्। केसीको शुक्रबार बिहान अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।

प्रकाशित: ७ कार्तिक २०८२ ८:२५ | Friday, October 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast