नर्सहरूको माग सम्बोधन गर्न प्रचण्डको आग्रह

हिमाल प्रेस १२ कार्तिक २०८२ १४:२० | Wednesday, October 29, 2025
2
SHARE
नर्सहरूको माग सम्बोधन गर्न प्रचण्डको आग्रह नेकपा संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'

काठमाडौँ- नेकपा माओवादी केन्द्रका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशभरका नर्सहरूका जायज मागहरू तत्काल सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन्।

दाहालले बुधबार सामाजिक सञ्जालमार्फत लेख्दै अहिले झन्डै डेढ लाख नर्सिङ सेवामा कार्यरत कर्मचारीहरू तोकिएको तलबमानभन्दा कम पारिश्रमिक, असमान व्यवहार, स्टाफ अभाव, अस्थायी रोजगारी, सामाजिक सुरक्षाको कमी र कार्यस्थलमा असुरक्षा भोगिरहेका बताएका छन्।

संयोजक प्रचण्डले भने, ‘उक्त समस्याका कारण धेरै नर्सहरू विदेश पलायन हुन बाध्य भएका छन् जसले नेपालको जनस्वास्थ्य प्रणालीमा थप दबाब सिर्जना गरेको छ। नर्सहरूको सम्मान, सुरक्षाको ग्यारेन्टी र पेसागत अधिकार सुनिश्चितता नभई नेपालको जनस्वास्थ्य सेवा प्रणाली बलियो बन्न सक्दैन।’

सरकारले तोकेको पारिश्रमिक माग गर्दै भैरहवा, पोखरा मेडिकल कलेजका नर्सहरू आन्दोलित छन्।

प्रकाशित: १२ कार्तिक २०८२ १४:२० | Wednesday, October 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast