टोखामा मापदण्डविपरीत बिक्री भइरहेको औषधी प्रहरीद्वारा बरामद

हिमाल प्रेस ७ कार्तिक २०८२ ८:१० | Friday, October 24, 2025
टोखामा मापदण्डविपरीत बिक्री भइरहेको औषधी प्रहरीद्वारा बरामद औधषीको प्रतिनिधिमूलक तस्बिर

काठमाडौँ- नेपाल प्रहरी वृत महाराजगञ्जको टोलीले मापदण्डविपरीत बिक्री वितरण गर्ने गरेको औषधी बरामद गरेको छ।

काठमाडौँ टोखा नगरपालिका-५ बसुन्धरामा रहेको तक्षक फार्मेसीमा चिकित्सकको अनुमतिले बिक्री वितरण गर्नुपर्ने औषधी मापदण्डविपरीत बिक्री वितरण गरेको भन्ने सूचनाका आधारमा स्पेन लेखिएको ३८५ ट्याबलेट, एन्टिकोफ लेखिएको ७५० ट्याबलेट, प्रिगेबलिन लेखिएको १०० ट्याबलेट प्रिगेबलिन क्याप्सुल एलपी लेखिएको २०० क्याप्सुल र प्रिगेमर ७५ लेखिएको १०० क्याप्सुल बरामद समेत बरामद गरिएको वृत्त महाराजगञ्जका प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले जानकारी दिए।

उनका अनुसार उक्त फार्मेसी सङ्खुवासभा खाँदबारी नगरपालिका-८ का ४० वर्षीय प्रकाश गौतम समेतले सञ्चालन गरेको पाइएको र औषधी व्यवस्था विभागसँग समन्वय गर्दा मापदण्डविपरीत बिक्री गरिएको पाइएको छ।

प्रकाशित: ७ कार्तिक २०८२ ८:१० | Friday, October 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast