काठमाडौँ– नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ। निगमले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य घटाएको जनाएको हो।
नयाँ मूल्य भारतीय आयल निगमले पठाएको मूल्यअनुसार समायोजन गरिएको हो। मूल्य समायोजनसँगै अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १५९ रुपैयाँ कायम हुनेछ। नयाँ मूल्य दर बिहीबारदेखि लागू हुनेछ।
यसपटक डिजेल, मट्टितेल र हवाई इन्धन (एटीएफ) को मूल्य यथावत् राखिएको निगमले जनाएको छ।

प्रकाशित: २९ असोज २०८२ २०:४८ | Wednesday, October 15, 2025
प्रतिक्रिया




