‘परान’ टिमको फेसबुके फन्डा, दर्शकलाई बनाइयो मजाकको पात्र

हिमाल प्रेस ११ कार्तिक २०८२ १८:३० | Tuesday, October 28, 2025
‘परान’ टिमको फेसबुके फन्डा, दर्शकलाई बनाइयो मजाकको पात्र

काठमाडौँ- मंगलबार साँझ सवा ५ बजेतिर तीन जना कलाकारले एकै प्रकारको स्टाटस लेखे। दुई अभिनेत्री अञ्जना बराइली, केकी अधिकारी र अभिनेता दीपकप्रसाद आचार्य ‘काकु’बीच फेसबुकमा जुहारी चल्यो।

केही मिनेटको अन्तरालमा उनीहरूले एक अर्कासँग आगामी दिनमा काम आफूले पनि नगर्ने र अरूलाई पनि नगर्न सुझाए।

अभिनेत्री अञ्जनाले निर्देशकलाई मेन्सन गर्दै ‘दीपकप्रसाद आचार्यसँग कसैले काम नगर्दा हुन्छ।’ भन्दै स्टाटस् लेखिन्। केही सेकेन्डपछि केकी अधिकारीले पनि दीपकप्रसाद आचार्यसँग जिन्दगीमा काम नगर्नुस् है’, भन्दै स्टाटस् लेखिन्। त्यस्तै निर्देशक आचार्यले पनि ‘अञ्जना र केकीसँग आजका मितिबाट कहिल्यै काम गर्ने छैन’ भन्दै लेखे।

यी तीनै कलाकार फिल्म ‘परान’ का हुन्। कलाकार आचार्यको निर्देशनमा बनेको फिल्म ‘परान’ यही कात्तिक १४ देखि प्रदर्शन हुनेछ। प्रदर्शनको तीन दिन अघि उनीहरूले फेसबुकमा यसरी जुहारी खेलेपछि फ्यानहरूलाई उनीहरूबीच ठूलै लफडा परेको भान भयो। कतिपयले फिल्म चलाउने फन्डाका रूपमा बुझे।

कतिपयले तत्कालै स्क्रिन सट गरेर आफ्नो पेजमा सेयरसमेत गर्न भ्याए। पोस्टको सर्वत्र चर्चा भयो तर त्यो १५ मिनेट पनि टिक्न नपाइ तीनै जनाले उक्त स्टाटस हटाए। यद्यपि स्क्रिटसटहरू भने सामाजिक सञ्जालभरि फैलिएको छ।

तत्काल निर्देशक आचार्यले अघिल्लो स्टाटसको माफी मागे। र, अघिल्लो स्टाटस लेख्नुको कारण एक अन्तवार्तामा खेलिएको गेम भन्दै प्रस्ट्याए। उनले लेखेका छन्, ‘अघिल्लो स्टाटसको लागि माफी माग्दछौँ। यो एउटा येलो वोर्क्स टिभीको अन्तर्वार्ताको क्रममा खेलिएको ट्रुथ एन्ड डेयरको पनि समेन्ट गेम थियो।’

त्यसैलाई अञ्जना र केकीले पनि सेयर गरेका छन्। यसरी फिल्म चलाउन गरिने फन्डाले टिमप्रति नकारात्मक असर पर्ने धेरैले प्रतिक्रिया दिएका छन्। अन्तर्वातामा खेलिने खेलका लागि जे पनि गर्न तयार हुँदा कलाकारको छबिमा असर पर्ने भन्दै मजाक नगर्न धेरैले सुझाएका छन्।

दीपकको सो स्टाटसमा पत्रकार कृष्णराज अधिकारीले आफूजस्ता नेपाली फिल्म प्रमोटरहरूका लागि यस्तो व्यवहार लज्जास्पद अनुभूति दिलाउने प्रतिक्रिया दिएका छन्।

उनले लेखेका छन्, ‘कलाकारलाई सम्मान र आदरको दृष्टिले हेर्ने दर्शकको संख्या नेपालमा धेरै छ। तर पछिल्ला दिनमा केही कलाकारले सामाजिक सञ्जालमा सस्तो चर्चाका लागि मनोरञ्जनको नाममा राखेका केही अभिव्यक्तिहरू साँच्चै निराशाजनक देखिन्छन्।’

खीलराज नेपालले दर्शक तिमीहरूका खेलौना हुन् भनेर प्रश्न गरेका छन्। धेरैले दर्शकलाई मजाकको पात्र बनाएको भन्दै आक्रोश पोखेका छन्।

सूर्य आले मगरले दर्शकलाई भ्रममा पारेको भन्दै नेगेटिभ फन्डा गर्न दर्शकलाई पनि आउने भन्दै रोष प्रकट गरेका छन्।

प्रकाशित: ११ कार्तिक २०८२ १८:३० | Tuesday, October 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast