‘खेल्दै सिक्दै परियोजना’अन्तर्गत नेपाल राष्ट्रिय प्राविमा पेपर हेलिकप्टर प्रदर्शन

हिमाल प्रेस २४ असोज २०८२ १३:२२ | Friday, October 10, 2025
‘खेल्दै सिक्दै परियोजना’अन्तर्गत नेपाल राष्ट्रिय प्राविमा पेपर हेलिकप्टर प्रदर्शन

चन्द्रपुर, रौतहट- नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, खौराहा सलेमपुरले शुक्रबार ‘खेल्दै सिक्दै परियोजना’अन्तर्गत विद्यार्थीहरूबीच पेपर हेलिकप्टर प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा विद्यार्थीहरूले कागजको सहायताले हेलिकप्टर तयार पारी विभिन्न उचाइबाट उडाएर परीक्षण गरे। उक्त प्रयोगमार्फत उनीहरूले हावाको दबाब, गुरुत्वाकर्षण, सन्तुलन र गतिशीलता जस्ता वैज्ञानिक सिद्धान्तहरू अनुभवात्मक रूपमा बुझ्ने अवसर पाए।

शिक्षकहरू सुरेश चौधरी, पार्वती साह, प्रमिला तिमल्सिना र मन्दिरा भण्डारीले संयुक्त रूपमा गतिविधिको सहजीकरण गरेका थिए। उनीहरूले विद्यार्थीहरूलाई पेपर हेलिकप्टर बनाउने तरिका सिकाउँदै प्रयोगका माध्यमबाट विज्ञानका अवधारणाहरू बुझ्न प्रेरित गरे।

विद्यालयका अनुसार यस कार्यक्रममा विद्यार्थीहरू अत्यन्त उत्साहित र सक्रिय देखिए। कार्यक्रमले बालबालिकामा रचनात्मक सोच, वैज्ञानिक जिज्ञासा, समूहमा काम गर्ने क्षमता र आत्मविश्वास विकासमा सहयोग पुर्‍याएको छ।

विद्यालय परिवारले ‘खेल्दै सिक्दै परियोजना’ का सम्पूर्ण टोलीलाई सहयोग र प्राविधिक मार्गदर्शनका लागि हार्दिक आभार व्यक्त गरेको छ। विद्यालयले आगामी दिनहरूमा पनि यस्ता सिकाइमुखी र व्यवहारिक गतिविधिहरू निरन्तर सञ्चालन गर्ने जनाएको छ।

प्रकाशित: २४ असोज २०८२ १३:२२ | Friday, October 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast