माछा मार्ने क्रममा आफैँलाई करेन्ट लाग्दा झापामा एक जनाको मृत्यु

हिमाल प्रेस २ कार्तिक २०८२ १७:३० | Sunday, October 19, 2025
माछा मार्ने क्रममा आफैँलाई करेन्ट लाग्दा झापामा एक जनाको मृत्यु प्रतिनिधिमूलक तस्बिर

भद्रपुर (झापा)- झापास्थित कचनकवल गाउँपालिका-२ मा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ। कचनकवलका ४९ वर्षीय लोकबहादुर गाइनेको आइतबार दिउँसो करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

उनका अनुसार अमलखुट्टा खोलामा करेन्ट प्रवाह गरेर माछा मार्ने क्रममा आफैँलाई करेन्ट लागेर उनको मृत्यु भएको हो। घटनास्थलमा आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटिएको प्रहरीले जनाएको छ।

प्रकाशित: २ कार्तिक २०८२ १७:३० | Sunday, October 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast