दार्चुलामा जिपको ठक्करबाट एक जनाको मृत्यु

हिमाल प्रेस १० कार्तिक २०८२ १२:०० | Monday, October 27, 2025
दार्चुलामा जिपको ठक्करबाट एक जनाको मृत्यु

धनगढी- दार्चुलामा जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ। आइतबार दिउँसो १२ बजे महाकाली नगरपालिका-४ बांगाबगरका ७० वर्षीय मिलन लुहारको सोही ठाउँमा भएको दुर्घटनामा मृत्यु भएको हो।

ब्यास गाउँपालिका-३ सिना बस्ने ३८ वर्षीय कल्याण सिंह धामीले चलाएको सुदूरपश्चिम प्रदेश ०४-०१ ज ००१७ नम्बरको बोलेरो जिप ब्याक गर्ने क्रममा लुहारलाई ठक्कर दिँदा उनी घाइते भएका थिए। उनको जिल्ला अस्पताल दार्चुलामा उपचार सम्भव नभएपछि धनगढीको माया मेट्रो अस्पतालमा लैजान त्यहाँबाट रेफर गरिएको थियो।

गोकुलेश्वर पुगेपछि घाइते लुहारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: १० कार्तिक २०८२ १२:०० | Monday, October 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast