ट्रकक्रेनको ठक्करबाट एक जनाको मृत्यु

हिमाल प्रेस २४ असोज २०८२ २१:२८ | Friday, October 10, 2025
ट्रकक्रेनको ठक्करबाट एक जनाको मृत्यु

सप्तरी– पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–२ स्थित चाँदनीचोकमा ट्रकक्रेनको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।

सडक निर्माणका लागि सिङ्गापुरबाट यहाँ ल्याइएको ट्रकक्रेनले वृद्धलाई ठक्कर दिएको थियो।

ट्रकक्रेनको ठक्करबाट स्थानीय ७६ वर्षीय वमभोल चौधारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बेहाई पुल नजिक (डोजर) स्काभेटर बोकेर पूर्वबाट पश्चिमतर्फ पछाडि सार्दै गरेको ट्रकक्रेनले सोही दिशाबाट साइकलमा जाँदै गरेका चौधरीलाई पछाडिबाट ठक्कर दिएको थियो।

प्रकाशित: २४ असोज २०८२ २१:२८ | Friday, October 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast