तनहुँमा थप एकजनामा जापानिज इन्सेफलाइटिस, जम्मा ३ पुग्यो

हिमाल प्रेस १ कार्तिक २०८२ ८:२९ | Saturday, October 18, 2025
तनहुँमा थप एकजनामा जापानिज इन्सेफलाइटिस, जम्मा ३ पुग्यो

तनहुँ- तनहुँमा थप एक जनामा जापानिज इन्सेफलाइटिस संक्रमण पुष्टि भएको छ। व्यास नगरपालिका–७ निवासी दश वर्षीया बालिकामा जापानिज इन्सेफलाइटिस संक्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ।

थप एकजनामा पुष्टि भएसँगै जिल्लामा जापानिज इन्सेफलाइटिसबाट संक्रमण हुनेको सङ्ख्या तीन पुगेको छ । यसअघि गत असोज १ गते आँबुखैरेनी गाउँपालिका–१ बरादी निवासी ७१ वर्षीय पुरुष र गत भदौ १० गते भिमाद नगरपालिका–२ निवासी ८० वर्षीय पुरुषमा जापानिज इन्सेफलाइटिस संक्रमण पुष्टि भएको थियो ।

जापानिज इन्सेफलाइटिस संक्रमण देखिएसँगै स्वास्थ्यकर्मीको टोलीले जनसमुदाय स्तरमा स्वास्थ्य सचेतना कार्यक्रम गरेको प्रदेश जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी सुदिप कंडेलले जानकारी दिए ।

जापानिज इन्सेफलाइटिस लामखुट्टेको टोकाइबाट सर्ने र मस्तिष्कमा संक्रमण हुने रोग हो । यसले सङ्क्रमितको स्नायु प्रणालीलाई अङ्भङ्ग बनाउनुका साथै बिरामीको मृत्यु समेत हुने स्वास्थ्यकर्मी बताउँछन् ।

प्रकाशित: १ कार्तिक २०८२ ८:२९ | Saturday, October 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast