जडीबुटीमा टिपरको ठक्करबाट एकको मृत्यु

हिमाल प्रेस २७ असोज २०८२ १३:४२ | Monday, October 13, 2025
जडीबुटीमा टिपरको ठक्करबाट एकको मृत्यु

काठमाडौँ- काठमाडौँको जडीबुटीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

काठमाडौँ महानगरपालिका–३२ जडीबुटीस्थित सडकमा गएराति कोटेश्वरबाट जडीबुटीतर्फ जाँदै गरेको बाप्र ०१–००४ क ५३६२ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ घर भएका ३७ वर्षीय दिनेश थापाको मृत्यु भएको हो।

टिपरको ठक्करबाट गम्भीर घाइते भएका थापाको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा आज बिहान मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।

दुर्घटनामा संलग्न टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र अनुसन्धान गरिरहेको प्रवक्ता सुवेदीले बताए।

प्रकाशित: २७ असोज २०८२ १३:४२ | Monday, October 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast