अरुण खोलामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

हिमाल प्रेस २ कार्तिक २०८२ ९:२६ | Sunday, October 19, 2025
अरुण खोलामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

नवलपुर- नवलपुरको अरुण खोलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। अर्का एकजना गम्भीर घाइते भएका छन्।

मध्यविन्दु नगरपालिका–११ दमारबाट अरुणखोलातर्फ आउँदै गरेको गप्र ०४–००१ प ४११३ नम्बरको मोटरसाइकल सडक छेउको माटोको ढिस्को र सालको रुखमा ठोक्किएर दुर्घटना भएको नवलपुर प्रहरीले जनाएको छ।

दुर्घटनामा मध्टयविन्दु –१० करमघारीका २३ वर्षीय मोटरसाइकल चालक सुदिप बरालको उपचारको क्रममा मध्यविन्दु प्रादेशीक अस्पताल डण्डामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक मधु नेपालले जानकारी दिए।

दुर्घटनामा मोटरसाइकल पछाडी सवार सोही ठाउँका सुवित थापा गम्भीर घाइते भएको र उनको डण्डामै उपचार भइरहेको नेपालको भनाइ छ।

प्रकाशित: २ कार्तिक २०८२ ९:२६ | Sunday, October 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast