वीरगन्जमा झिलीमिली बत्ती लगाउँदा करेन्ट लागेर एकको मृत्यु

हिमाल प्रेस २ कार्तिक २०८२ ११:२२ | Sunday, October 19, 2025
वीरगन्जमा झिलीमिली बत्ती लगाउँदा करेन्ट लागेर एकको मृत्यु प्रतीकात्मक तस्बिर।

वीरगन्ज- वीरगन्ज महानगर-१ छपकैयाका १७ वर्षीय युवाको घरमा झिलीमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर मृत्यु भएको छ। मृत्यु हुनेमा वीरगन्ज महानगर–१ छपकैया टोलका पियुसकुमार साह रहेका छन्।

पर्सा प्रहरीका सूचना अधिकारी हरिबहादुर बस्नेतले शनिबार साँझमा आफ्नो एकतले घरको छतमा झिलीमिली बत्ती लगाउने क्रममा वाइरिङको तारमा करेन्ट लागेर गम्भीर घाइते भएका साहको अस्पताल लैजाने क्रममा मृत्यु भएको जानकारी दिए।

साहलाई उपचारका लागि वीरगन्जको नारायणी अस्पतालमा पुर्‍याइएको थियो । तर, उनको मृत्यु भने बाटोमा नै भएको पर्सा प्रहरीले जनाएको छ। मृतक साहको शवलाई परीक्षणका लागि नारायणी अस्पतालमा राखिएको छ।

प्रकाशित: २ कार्तिक २०८२ ११:२२ | Sunday, October 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast