सुनसरीमा नवजात शिशु फेला

हिमाल प्रेस २ कार्तिक २०८२ ८:२४ | Sunday, October 19, 2025
सुनसरीमा नवजात शिशु फेला प्रतीकात्मक तस्बिर।

इटहरी- सुनसरीको कोशी गाउँपालिका-८ शर्मा टोलमा एक नवजात शिशु प्लास्टिकको झोलामा बेरेर फालिएको अवस्थामा फेला परेको छ।

स्थानीय विजय कुमार खत्वेले आफ्नो घर नजिकै ऐलानी जग्गाको कम्पाउण्डवाल नजिक बच्चा रोएको आवाज सुनेपछि हेर्न जाँदा नवजात शिशु (छोरा) भेट्टाएका थिए। घटना शनिवार राति ९ बजेतिरको हो। उनले तत्काल इलाका प्रहरी कार्यालय भण्टाबारीलाई जानकारी गराएका थिए।

प्रहरी वरिष्ठ नायब निरीक्षक पुण्यप्रसाद अधिकारीको कमाण्डमा खटिएको प्रहरी टोलीले स्थानीयको सहयोगमा शिशुलाई उद्धार गरी कोशी हेल्थ केयर भण्टाबारीमा प्रारम्भिक उपचारका लागि पुर्‍याएको थियो। अस्पतालका चिकित्सकका अनुसार शिशु भर्खरै जन्मिएको देखिन्छ र उद्धारको समयमा उनको अवस्था सामान्य थियो।

प्रहरीका अनुसार राति १२ः१५ बजे शिशुलाई थप उपचारका लागि जिल्ला अस्पताल इनरुवा लगिएको छ। प्रहरीले शिशुलाई त्यहाँ फाल्ने व्यक्तिको खोजीकार्य जारी राखेको जनाएको छ।

प्रकाशित: २ कार्तिक २०८२ ८:२४ | Sunday, October 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast