१९ अंकले घट्यो नेप्से परिसूचक

हिमाल प्रेस २८ असोज २०८२ १६:२६ | Tuesday, October 14, 2025
१९ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ- नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९.४३ अंकले घटेर दुई हजार ५२८.१६ को बिन्दुमा कायम भएको छ। मंगलबार ३१७ कम्पनीको ७४ लाख ८८ हजार २७२ कित्ता सेयर ३८ हजार ८२७ पटक खरिदबिक्री हुँदा कारोबार रकम तीन अर्ब ३६ करोड ६१ लाख ९८ हजार २६२ रुपैयाँमा खुम्चिएको छ।

म्युचुअल फन्ड शून्य दशमलव ०६, व्यापार एक दशमलव ४८ र अन्य समूह शून्य दशमलव ७९ प्रतिशतले बढेको छभने अरू सबै समूहको उपसूचक घटेको छ। बैंकिङ शून्य दशमलव ८२, विकास बैंक एक, वित्त एक दशमलव ४०, होटल तथा पर्यटन एक दशमलव ११, जलविद्युत् एक दशमलव ७१, लगानी एक दशमलव १६, जीवन बीमा र उत्पादन तथा प्रशोधन समूह समान शून्य दशमलव ९८, लघुवित्त शून्य दशमलव ७९ र निर्जीवन बीमा समूह एक दशमलव १० प्रतिशतले घटेको छ।

मंगलबार कारोबारमा शुभम् पावर लिमिटेड र ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छभने समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको ३२ करोड सात लाख ८३ हजार ७१६ बराबरको सेयर किनबेच भएको छ। कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड प्रमोटर सेयर चार लाख ३३ हजार ९७ कित्ता खरिदबिक्री भएको छ।

प्रकाशित: २८ असोज २०८२ १६:२६ | Tuesday, October 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast