 यूएईस्थित नेपाली दूतावास
                             यूएईस्थित नेपाली दूतावास
                                            काठमाडौँ- दीपावलीका अवसरमा यूएई अबुधाबीस्थित नेपाली राजदूतावास तीन दिन बन्द रहने भएको छ। दूतावासले आज (शुक्रबार) एक सूचना जारी गर्दै कात्तिक ३, ४ र ६ गते (२०, २१ र २३ अक्टोबर) दूतावास बन्द रहने जानकारी गराएको हो।
सूचनामा २१ अक्टोबरमा राहदानी नवीकरणका लागि समय लिइसकेका आवेदकहरूलाई २२ अक्टोबरमा दूतावास आउन पनि भनिएको छ।

                            प्रकाशित: ३१ असोज  २०८२ १८:०० 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 