नेपालका महिला स्वयंसेविकालाई ‘जनस्वास्थ्य च्याम्पियन’ अवार्ड

हिमाल प्रेस २९ असोज २०८२ २१:३० | Wednesday, October 15, 2025
नेपालका महिला स्वयंसेविकालाई ‘जनस्वास्थ्य च्याम्पियन’ अवार्ड

काठमाडौँ– नेपालका महिला स्वास्थ्य स्वयंसेविकालाई ‘जनस्वास्थ्य च्याम्पियन अवार्ड’ प्रदान गरिएको छ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम घेब्रेयसस र डब्लूएचओको दक्षिण–पूर्वी एसियाका कार्यवाहक प्रमुख डा. क्याथरिना बोहमले श्रीलंकाका लागि नेपाली राजदूत डा. पूर्णबहादुर नेपालीलाई मंगलबार श्रीलंकामा आयोजित कार्यक्रममा यो अवार्ड प्रदान गरेका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सूचना अधिकारी डा. भक्त केसीका अनुसार कोलाम्बोमा भइरहेको विश्व स्वास्थ्य संगठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय समितिको ७८औँ बैठकमा उक्त अवार्ड प्रदान गरिएको थियो।

नेपालको स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदानका लागि डब्लूचओको दक्षिण–पूर्वी एसिया क्षेत्रले उक्त जनस्वास्थ्य च्याम्पियन अवार्ड नेपालका महिला स्वास्थ्यस्वयंसेविकालाई प्रदान गरिएको जनाइएको छ।

सो सम्मानले नेपालका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाले स्वास्थ्य सेवा पहुँच र जनस्वास्थ्य सुधारमा पु¥याएको योगदानको उच्च कदर गरेको सूचना अधिकारी केसीको भनाइ छ।

प्रकाशित: २९ असोज २०८२ २१:३० | Wednesday, October 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast