दशरथ रंगशाला अयोग्य भएपछि नेपालले भियतनाममै खेल्दैछ एसियन कपको ‘होम एन्ड अवे’ खेल

हिमाल प्रेस २८ असोज २०८२ ९:१० | Tuesday, October 14, 2025
दशरथ रंगशाला अयोग्य भएपछि नेपालले भियतनाममै खेल्दैछ एसियन कपको ‘होम एन्ड अवे’ खेल

काठमाडौँ-  एएफसी एसियन कप छनोट खेलमा नेपालले आज भियतनामसँग प्रतिस्पर्धा गर्दैछ।

समूह एफमा रहेको नेपालले होम एण्ड अवे अन्तर्गतको खेल भियतनामको घरेलु मैदानमै खेल्न लागेको हो। दशरथ रंगशाला अयोग्य भएपछि नेपालले होम म्याच पनि आफ्नो मैदानमा खेल्न पाएको छैन।

खेल होचि मिन्हस्थित गो डाउ स्टेडियममा साँझ सवा ६ बजे सुरु हुनेछ। पहिलो खेलमा घरेलु टोलीसँग ३–१ गोलले पराजित भएको नेपाल दबाबमा छ।

नेपाल यसअघि मलेसिया र लाओससँगसमेत पराजित भइसकेको छ। आफ्ना तीनमध्ये सबै खेलमा हार व्यहोरेको नेपाल ४ टोली सम्मिलित समूहको अन्तिम स्थानमा छ।

यसैबीच रोहित चन्दले आज नेपालका लागि एक सयौँ अन्तर्राष्ट्रिय खेल खेल्दैछन्। लामो समयदेखि राष्ट्रिय टोलीको प्रमुख खेलाडीका रुपमा रहेका उनी विभिन्न विदेशी क्बलमा आबद्धसमेत छन्। देशका लागि रोहितले पूरा गर्न लागेको एक सयौँ खेलले नेपाली टोली उत्साहित छ।

प्रकाशित: २८ असोज २०८२ ९:१० | Tuesday, October 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast