देशभरका विमानस्थलमा नेपाल टेलिकमको फ्रि वाईफाई सेवा सुरु

हिमाल प्रेस १२ कार्तिक २०८२ १७:२२ | Wednesday, October 29, 2025
8
SHARES
देशभरका विमानस्थलमा नेपाल टेलिकमको फ्रि वाईफाई सेवा सुरु

काठमाडौँ- नेपाल टेलिकमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत देशभर सञ्चालनमा रहेका अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थलमा सर्वसाधारण यात्रु लक्षित फ्रि वाईफाई इन्टरनेट सेवा मंगलबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुभारम्भ गरेको छ।

नेपाल टेलिकमको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक सविना मास्के र विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेले पहिलाे चरणमा विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनमा सेवा शुभारम्भ गरेका थिए।

फ्रि वाईफाई सेवाको कभरेज विमानस्थलको आगमन, प्रस्थान, भिआईपी कक्ष तथा प्रतिक्षास्थल लगायतका क्षेत्रहरूमा रहेको छ।

देशभर सञ्चालनमा रहेका ३ वटा अन्तराष्ट्रिय विमानस्थल तथा ३४ वटा आन्तरिक विमानस्थलमा सर्वसाधारण यात्रुलक्षित फ्रि इन्टरनेट सेवा सञ्चालन गर्न नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरणबिच भएको सम्झौताबमोजिम सो कार्यक्रमको शुभारम्भ गरिएको हो।

सेवाको कभरेज रहेको स्थानमा SSID “NT-CAAN Free WiFi” भएको Wi-Fi मा Connect गरेर निर्देशन पूरा गरी नि: शुल्क इन्टरनेट सेवा प्रयोग गर्न सकिन्छ।

प्रकाशित: १२ कार्तिक २०८२ १७:२२ | Wednesday, October 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast