सामोआलाई नेपालले दियो २१२ रनको लक्ष्य

हिमाल प्रेस ३१ असोज २०८२ १७:४१ | Friday, October 17, 2025
सामोआलाई नेपालले दियो २१२ रनको लक्ष्य

काठमाडौँ- आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तरगत आफ्नो अन्तिम खेलमा नेपालले सामोआलाई २१२ रनको लक्ष्य दिएको छ। ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ-१ मा शुक्रबार भइरहेको खेलमा पहिलो ब्याटिङको निम्तो पाएको नेपालले पूरै ओभर खेल्दै ४ विकेटको क्षतिमा २११ रन बनाएको हो।

नेपालका लागि आसिफ सेखले ४१ बलमा सर्वाधिक ६९ रन बनाएका थिए। त्यस्तै दीपेन्द्र सिंह ऐरीले ५३, लोकेस बमले नटआउट ३९, रोहित पौडेलले नटआउट २१ र कुशल भुर्तेलले १७ रन बनाएका थिए।

आजको खेल जितेमा नेपाल अपराजित रहँदै उक्त प्रतियोगिताको च्याम्पियन बन्नेछ। छनोटका समूह चरण र सुपर सिक्समा नेपाल एक मात्र अपराजित टोली हो। यता सामोआले सुपर सिक्समा कुनै खेल जितेको छैन।

नेपाली टोलीमा कप्तान रोहित पौडेल सहितआसिफ शेख, कुशल भुर्तेल, लोकेश बम, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्सन झा, नन्दन यादव, करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी छ्न्।

प्रकाशित: ३१ असोज २०८२ १७:४१ | Friday, October 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast