नेपालले गुमायो दोस्रो विकेट, भीम सार्की ३ रन बनाएर बाहिरिए

हिमाल प्रेस १३ कार्तिक २०८२ ११:५८ | Thursday, October 30, 2025
6
SHARES
नेपालले गुमायो दोस्रो विकेट, भीम सार्की ३ रन बनाएर बाहिरिए

काठमाडौँ- आईसीसी क्रिकेट विश्वकप लिग-२ शृंखलाअन्तर्गत बिहीबार जारी आयोजक राष्ट्र संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको खेलमा नेपाली टोलीले आफ्नो खराब सुरुवात गरेको छ। केहीबेरअघि ओपनर कुशल भुर्तेललाई गुमाएको नेपालले अहिले दोस्रो विकेटको रूपमा भीम सार्कीलाई पनि गुमाएको छ।

सार्की जम्मा ३ रन बनाएर महोम्मद रोहितको बलमा आउट भएका हुन्। यसअघि कुशल भुर्तेल केवल सात रन बनाउँदै पेभेलियन फर्किएका थिए। दुबईस्थित आईसीसी एकेडेमी ग्राउन्डमा नेपालले टस जिती पहिले ब्याटिङको निर्णय लिएको हो ।

अहिले क्रिजमा कप्तान रोहित पौडेल र ओपनर आसिफ सेख छन्। उनीहरूले दश ओभरमा २८ रन बनाएर खेलिरहेका छन्।

प्रकाशित: १३ कार्तिक २०८२ ११:५८ | Thursday, October 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast