नेपाल तेस्रोपटक टी–२० विश्वकपमा

हिमाल प्रेस २९ असोज २०८२ २१:०६ | Wednesday, October 15, 2025
नेपाल तेस्रोपटक टी–२० विश्वकपमा तस्बिर : क्यान

काठमाडौँ- नेपालले आईसीसी टी–२० विश्वकपमा स्थान सुनिश्चि गरेको छ। आगामी वर्ष भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्ने टी–२० विश्वकपको १० औँ संस्करणमा नेपालले स्थान सुनिश्चित गरेको हो।

योसँगै नेपाल टी–२० विश्वकपमा तेस्रोपटक छनोट भएको हो। गत वर्ष विश्वकप खेलेको नेपाल त्यसअघि सन् २०१४ मा पनि विश्वकपमा सहभागी भएको थियो।

बुधबार सुपर सिक्सको खेलमा यूएईले सोमाओविरूद्ध ७७ जित निकालेसँग नेपाल लगातार दोस्रोपटक विश्वकपमा पुग्न सफल भएको हो। नेपालले दुई खेलअगावै विश्वकपमा स्थान सुनिश्चित गरेको छ।

गणितीय समीकरणअनुसार यदि सामोआसँग यूएई पराजित भएको भए विश्वकपमा पुग्न नेपाललाई थप दुई अकंको आवश्यकता रहन्थ्यो। तर, खेलको नतिजा यूएईको पक्षमा गएसँगै नेपाललाई फाइदा पुगेको हो।

यो नतिजासँगै ओमानले पनि विश्वकपमा स्थान पक्का गरेको छ। बुधबारै सम्पन्न अर्को खेलमा कतारले जापानलाई तीन विकेटले हरायो। नेपाल र ओमानले हाल तीन खेलबाट ६ अंक जोडेका छन्। यूएईको चार अंक रहँदा जापान र कतारको समान दुई अंक छ।

अब अन्तिम खेल यूएई र जापानबीच हुनेछ। यो खेलले विश्वकपमा पुग्ने तेस्रो टोलीको टुंगो लगाउने छ।

नेपालले बुधबार नै सुपर सिक्सको आफ्नो तेस्रो खेल ओमानसँग खेलिरहेको छ। विश्वकप छनोट प्रतियोगितामा नेपाल अहिलेसम्म अपराजित रहेको छ।

प्रकाशित: २९ असोज २०८२ २१:०६ | Wednesday, October 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast