फराकिलो रन अन्तरले नेपाल अमेरिकासँग पराजित

हिमाल प्रेस ९ कार्तिक २०८२ १८:३४ | Sunday, October 26, 2025
फराकिलो रन अन्तरले नेपाल अमेरिकासँग पराजित

काठमाडौँ- नेपालले आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृंखलाको पहिलो खेलमा अमेरिकासँग १०६ रनको हार बेहोरेको छ। आइतबार यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अमेरिकाले दिएको २६३ रनको लक्ष्य पछ्याएको नेपाल ३९.१ ओभरमा १५६ रनमै समेटिएको हो।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ४०, आसिफ शेखले ३७, भीम सार्कीले २९, आरिफ शेखले २० र सोमपाल कामीले ११ रन बनाए।

अमेरिकाका लागि हर्मित सिंहले ८.१ ओभरमा एक मेडनसहित २७ रन खर्चिएर ६ विकेट लिए। यसै गरी शुबमन रन्जानेले दुई तथा रुशिल उगारकरले एक विकेट लिए।

टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २६२ रन बनाएको थियो।

नेपालका लागि सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी, आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए।

प्रकाशित: ९ कार्तिक २०८२ १८:३४ | Sunday, October 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast