 
                             
                                            काठमाडौँ- नेपालले आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृंखलाको पहिलो खेलमा अमेरिकासँग १०६ रनको हार बेहोरेको छ। आइतबार यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अमेरिकाले दिएको २६३ रनको लक्ष्य पछ्याएको नेपाल ३९.१ ओभरमा १५६ रनमै समेटिएको हो।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ४०, आसिफ शेखले ३७, भीम सार्कीले २९, आरिफ शेखले २० र सोमपाल कामीले ११ रन बनाए।
अमेरिकाका लागि हर्मित सिंहले ८.१ ओभरमा एक मेडनसहित २७ रन खर्चिएर ६ विकेट लिए। यसै गरी शुबमन रन्जानेले दुई तथा रुशिल उगारकरले एक विकेट लिए।
टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २६२ रन बनाएको थियो।
नेपालका लागि सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी, आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 