सामोआविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै

हिमाल प्रेस ३१ असोज २०८२ १६:३८ | Friday, October 17, 2025
सामोआविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै

काठमाडौँ- आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तरगत सामोआविरुद्धको अन्तिम खेलमा नेपालले पहिले ब्याटिङ गरिरहेको छ।

ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा भएको टसमा सामोआले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो।

आजको खेल जितेमा नेपाल अपराजित रहँदै उक्त प्रतियोगिताको च्याम्पियन बन्नेछ। छनोटका समूह चरण र सुपर सिक्समा नेपाल एक मात्र अपराजित टोली हो। यता सामोआले सुपर सिक्समा कुनै खेल जितेको छैन।

नेपाली टोलिमा कप्तान रोहित पौडेल सहितआसिफ शेख, कुशल भुर्तेल, लोकेश बम, दीपेन्द्रसिंह ऐरि, आरिफ शेख, गुल्सन झा, नन्दन यादव, करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी छन्।

प्रकाशित: ३१ असोज २०८२ १६:३८ | Friday, October 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast