टी–२० विश्वकप छनोटमा आज नेपाल र जापान आमनेसामने हुँदै

हिमाल प्रेस २४ असोज २०८२ ७:२३ | Friday, October 10, 2025
टी–२० विश्वकप छनोटमा आज नेपाल र जापान आमनेसामने हुँदै

काठमाडौँ- ओमानमा जारी आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत समूह ‘बी’को खेलमा आज नेपाल र जापान आमनेसामने हुँदैछन्।खेल ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ-१ मैदानमा नेपाली समयअनुसार अपराह्न ४:१५ बजे सुरु हुनेछ।

नेपाल र जापान दुवैले समूह चरणको पहिलो खेलमा कुवेतलाई पराजित गर्दै सुपर सिक्स चरणमा स्थान बनाइसकेका छन्। त्यसैले आजको खेल सुपर सिक्स चरणमा २ अंक लिएर जाने निर्णायक अवसर बनेको छ।

समूह चरणमै आफूले हराएको टोली पनि सुपर सिक्समा पुग्ने भएकाले विजेता टोलीले आजको जितबाट प्राप्त २ अंक सिधै सुपर सिक्समा लिएर जानेछ र सोही टोलीसँग फेरि खेल्नु पर्ने छैन।

नेपाल र जापानबीचको यो पहिलो प्रत्यक्ष भिडन्त हो। उदीयमान क्रिकेटिङ राष्ट्रका रूपमा रहेको जापान ऐतिहासिक रूपमा पहिलो पटक विश्वकप खेल्ने लक्ष्यमा छ भने नेपाल लगातार दोस्रो र समग्रमा तेस्रोपटक विश्वकप खेल्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ।

नेपालको टोलीमा रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित नारायण राजवंशी, गुलशन झा र सोमपाल कामी छन्।

प्रकाशित: २४ असोज २०८२ ७:२३ | Friday, October 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast