मोहन वैद्यले छाडे पार्टी नेतृत्व, सीपी बने महासचिव

हिमाल प्रेस २ कार्तिक २०८२ ११:०४ | Sunday, October 19, 2025
मोहन वैद्यले छाडे पार्टी नेतृत्व, सीपी बने महासचिव

काठमाडौँ- क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ले पदबाट राजीनामा दिएका छन्। शनिबार राति अबेर सकिएको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले किरणले दिएको राजीनामा स्वीकृत गरेको थियो।

स्वास्थ्यका कारण देखाउँदै महासचिव वैद्यले राजीनामा दिएको हो। नयाँ महासचिवमा वरिष्ठ नेता चन्द्रप्रकाश (सीपी) गजुरेललाई नियुक्त गरिएको छ।

किरण गत वर्ष मंसिर २३ गते कीर्तिपुरमा सम्पन्न महाधिवेशनबाट सर्वसम्मत महासचिव नियुक्त भएका थिए। लाम समय निमोनिया र दमबाट पीडित किरण जेठदेखि पटक पटक अस्पताल भर्ना भएका थिए ।

 

प्रकाशित: २ कार्तिक २०८२ ११:०४ | Sunday, October 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast