स्वरुप परिवर्तन गरेर चलाइएका मोटरसाइकल नियन्त्रणमा

हिमाल प्रेस ३० असोज २०८२ १८:०१ | Thursday, October 16, 2025
स्वरुप परिवर्तन गरेर चलाइएका मोटरसाइकल नियन्त्रणमा

काठमाडौँ- ट्राफिक प्रहरीले स्वरुप परिवर्तन गरेर चलाइएका मोटरसाइकललाई नियन्त्रणमा लिएको छ।

बिहीबार अभियान नै सञ्चाल गरेर स्वरुप परिवर्तनका साथै ध्वनी प्रदुषण गर्ने मोटरसाइकललाई नियन्त्रणमा लिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

जेनजी आन्दोलनपछि उपत्यकाका विभिन्न स्थानबाट मोटरसाइकलले ध्वनी प्रदुषण गरेको गुनासो आएपछि बिहीबारमात्रै उपत्यकाका विभिन्न स्थानबाट करिब २ सयवटा स्वरुप परिवर्तन गरिएका मोटरसाइकललाई नियन्त्रणमा लिइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

उनले सडक अनुशासन कायम गर्न ट्राफिक प्रहरी निरन्तर क्रियाशिल रहेको उल्लेख गरे। ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका मध्य अधिकांश बुलेट मोटरसाइकल रहेका छन्।

प्रकाशित: ३० असोज २०८२ १८:०१ | Thursday, October 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast