काठमाडौँ- काठमाडौँ महानगरपालिका र काठमाडौँ उपत्यका विकास प्राधिकरणले अतिक्रमित जग्गामा बनेका संरचना सात दिनभित्र हटाउन निर्देशन दिएको छ।
शुक्रबार संयुक्त सूचना जारी गर्दै महानगरपालिकाभित्र र सिमाना जोडिएका काठमाडौँ जिल्ला भित्रका यस्ता सार्वजनिक स्थानका अतिक्रमित तथा मापदण्ड विपरीतका संरचना हटाउन सात दिनको अल्टिमेटम दिएको हो।
असोज २ गते बसेको महानगरपालिका र प्राधिकरणको संयुक्त बैठकबाट अतिक्रमित सार्वजनिक जग्गा र मापदण्ड विपरीतका संरचना खाली गर्ने तथा हटाउने निर्णय भएको पनि सूचनामार्फत जानकारी गराइएको छ।
सम्बन्धित व्यक्तिले आफैँ नहटाए कारबाही गरी त्यस्ता जग्गा खाली गरिने महानगर र प्राधिकरणले जनाएको छ।
यस्तो छ सूचना

प्रकाशित: १४ कार्तिक २०८२ ९:३३
प्रतिक्रिया




