तिहारले आपसी सद्भाव र भ्रातृत्व बढाओस् : प्रदेश प्रमुख भट्ट

हिमाल प्रेस ३ कार्तिक २०८२ १२:५१ | Monday, October 20, 2025
तिहारले आपसी सद्भाव र भ्रातृत्व बढाओस् : प्रदेश प्रमुख भट्ट

पोखरा- गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालीको दोस्रो महान् पर्व तिहार, २०८२ को अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन्।

प्रदेश प्रमुख भट्टले तिहारका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै यस पर्वले सबैमा नयाँ उत्साह, जोश तथा जाँगर थप्दै नेपालीहरूबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्व भावना अझ अभिवृद्धि गर्न उत्प्रेरित गरोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन्।

‘दीपावलीको माध्यमबाट प्रकट हुने उज्यालो प्रकाशले हामी सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन पथ प्रदर्शन गर्न सकोस् भन्ने कामना गर्दछु’, उनले भने।

‘तिहारको अन्तिम दिन मनाइने भाइटीका पर्वले दाजुभाइ र दिदीबहिनीबीचको आपसी स्नेह र प्रेमलाई थप प्रगाढ बनाउन मद्दत गरिरहेको छ। तिहार पर्वको अभिन्न अंगको रूपमा रहेको देउसीभैलो खेल्ने साँस्कृतिक परम्पराले आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव र सहिष्णुता अझ सुदृढ बन्नेछ’, सन्देशमा भनिएको छ।

प्रकाशित: ३ कार्तिक २०८२ १२:५१ | Monday, October 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast