माधव नेपालले नेताहरूलाई भने- केपी ओलीसामु लम्पसार पर्न तयार हुने गए हुन्छ

हिमाल प्रेस १२ कार्तिक २०८२ १३:४८ | Wednesday, October 29, 2025
10
SHARES
माधव नेपालले नेताहरूलाई भने- केपी ओलीसामु लम्पसार पर्न तयार हुने गए हुन्छ

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेसँग पुनः एकताको पक्षमा बोल्ने नेताहरूलाई कठोर प्रतिक्रिया दिएका छन्। पार्टीका वरिष्ठ नेता झलनाथ खनाललगायत केही नेताहरूले विद्रोहको औचित्यबारे प्रश्न उठाएपछि उनले यो प्रतिक्रिया दिएका हुन्।

बुधबार बसेको केन्द्रीय समिति बैठकमा अध्यक्ष नेपालले एमालेविरुद्धको विद्रोह औचित्यहीन भएको भन्नेलाई लक्षित गर्दै भने,‘केपी ओलीसामु लम्पसार पर्न तयार हुनेहरू गए हुन्छन्।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले पार्टी विभाजनको निर्णय आवश्यक र औचित्यपूर्ण भएको स्पष्ट पारे। ‘एमालेविरुद्धको विद्रोहको कुनै औचित्य छैन भन्ने कुरा पूर्ण रूपमा गलत हो। हाम्रो विद्रोह सैद्धान्तिक र संगठनात्मक कारणले आवश्यक थियो,’ उनले भने।

उनले पार्टीमा आएका चुनौतीहरू सामना गर्न तयार भएको पनि बताए। ‘हामीले गल्ती गरेका छैनौं। चुनौतीहरू आइरहेका छन् तर ती चुनौतीको सामना गर्न हामी तयार छौं,’ उनले भने।

प्रकाशित: १२ कार्तिक २०८२ १३:४८ | Wednesday, October 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast