तोकिएकै समयमा चुनाव हुनेमा माधव नेपालको आशंका

हिमाल प्रेस १२ कार्तिक २०८२ १५:३८ | Wednesday, October 29, 2025
तोकिएकै समयमा चुनाव हुनेमा माधव नेपालको आशंका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारको घोषणा गरेको समयमा प्रतिनिधिसभा निर्वाचन हुनेमा आशंका व्यक्त गरेका छन्।

काठमाडौँमा बुधबारबाट सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठक उद्घाटन गर्दै अध्यक्ष नेपालले अहिलेको अवस्थामा चुनाव बाहेक अर्को विकल्प नरहेको भन्दै तोकिएको समयमा चुनाव गराउन सरकार सफल हुनेमा आशंका व्यक्त गरेका हुन्।

उनले अहिलेको सरकारले नै निर्वाचन गराउने समेत प्रश्न खडा भएको धारणा राखे। यद्यपि निर्वाचनको तयारीमा जुट्दै राम्रो परिणाम ल्याउने गरी तयारी भने गर्नुपर्ने उनको भनाइ छ।

त्यस्तै अध्यक्ष नेपालले समान विचार भएका पार्टीहरुबीच एकता गर्न ढिला गर्न नहुनेमा जोड दिए।

प्रकाशित: १२ कार्तिक २०८२ १५:३८ | Wednesday, October 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast