गण्डकी, बागमती र कोशीका हिमाली भागमा हल्का वर्षाको सम्भावना

हिमाल प्रेस ७ कार्तिक २०८२ ६:४२ | Friday, October 24, 2025
गण्डकी, बागमती र कोशीका हिमाली भागमा हल्का वर्षाको सम्भावना

काठमाडौँ- जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले देशभर हाल कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नभएको जनाएको छ।

शुक्रबार देशका अधिकांश भागमा मौसम सामान्य रूपमा स्थिर रहने अनुमान गरिएको छ। महाशाखाका अनुसार सबै प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा आकाश मुख्यतः खुला रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको विभागले जनाएको छ।

त्यस्तै, शुक्रबार राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रमा मौसम प्रायः सफा रहने अपेक्षा गरिएको छ। गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भागमा एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

प्रकाशित: ७ कार्तिक २०८२ ६:४२ | Friday, October 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast