कुमारी बैंकद्वारा जीवित देवी कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति रकम हस्तान्तरण

हिमाल प्रेस १२ कार्तिक २०८२ ११:५५ | Wednesday, October 29, 2025
2
SHARE
कुमारी बैंकद्वारा जीवित देवी कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति रकम हस्तान्तरण

काठमाडौँ- कुमारी बैंक लिमिटेडले विगतका वर्षहरूमा संकलन गर्दै आएको छात्रवृत्ति रकम जीवित देवी कुमारी तृष्णा शाक्य (निवर्तमान) लाई एक औपचारिक समारोहबीच हस्तान्तरण गरेको छ।

बैंकले प्रत्येक वर्ष बसन्तपुरकी जीवित देवी कुमारीको शैक्षिक प्रयोजनका लागि उनको कार्यकाल सुरु भएको वर्षदेखि हरेक वर्ष रु. एक लाखको दरले छात्रवृत्ति स्वरुप एक कोष खडा गरी सो रकम जम्मा गराउँदै आएको छ।

यस छात्रवृत्तिको उद्देश्य कुमारीको कार्यकाल समाप्तिपश्चात उनको आगामी शैक्षिक यात्रामा सहयोग पुर्‍याउनु हो। सोही परम्परालाई निरन्तरता दिँदै बैंकले सो कोषमा जम्मा भएको कुल रकम रु.७,३८,८११.९५ छात्रवृत्ति स्वरुप निवर्तमान कुमारीलाई हस्तान्तरण गरेको छ।

विगत २४ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ५० एक्सटेन्सन काउन्टर, ४८ शाखारहित बैंकिङ एकाइहरू तथा ३१७ एटिएममार्फत शिक्षा, स्वास्थ्य, उद्यमशीलता र वातावरण संरक्षणजस्ता क्षेत्रमा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको छ।

बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ।

प्रकाशित: १२ कार्तिक २०८२ ११:५५ | Wednesday, October 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast