२५ प्रतिशत बजेट कटौती गर्ने कोशी सरकारको निर्णय

हिमाल प्रेस २७ असोज २०८२ १७:१९ | Monday, October 13, 2025
२५ प्रतिशत बजेट कटौती गर्ने कोशी सरकारको निर्णय

काठमाडौँ- कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा २५ प्रतिशत कटौती गर्ने निर्णय गरेको छ।

सोमबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले जेनजी आन्दोलनका क्रममा भएको तोडफोड तथा आगजनी र पछिल्ला बाढी–पहिरोले पुगेको क्षतिको पुनर्निर्माणका लागि बजेट कटौती गर्ने निर्णय गरेको हो।

आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारीले २५ प्रतिशत बजेट कार्यान्वयनमा नल्याई रोक्का राख्ने निर्णय गरिएको जानकारी दिए।

प्रदेशका कार्यालय र पूर्वाधारमा भएको क्षतिको पुनःनिर्माणका लागि तत्काल स्रोत जुटाउन बजेट कटौती गरिएको उनले बताए।

मन्त्रिपरिषद्ले भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिवमा मिलन आचार्य र पर्यटन, वन तथा वातावरण मन्त्रालयको सचिवमा एघारौँ तहका इन्द्र सापकोटालाई खटाउने निर्णय पनि गरेको उनले बताए।

बैठकले विपद्पछिको पुनर्निर्माणमा मात्रै खर्च गर्नेगरी रकमान्तरलाई खुला गर्ने निर्णय गर्दै प्रभावित क्षेत्रका पुनर्संरचनालाई शीघ्र सम्पन्न गर्ने प्रतिबद्धता जनाएको भण्डारीले बताए।

प्रकाशित: २७ असोज २०८२ १७:१९ | Monday, October 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast