खस भाषाको शब्दकोश लोकार्पण

हिमाल प्रेस २९ असोज २०८२ १७:३५ | Wednesday, October 15, 2025
2
SHARE
खस भाषाको शब्दकोश लोकार्पण

सुर्खेत- ‘खसिया आखर’ खस भाषाको शब्दकोश बुधबार लोकार्पण भएको छ। सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशद्वारा प्रकाशित शब्दकोशका लेखक रामानन्द आचार्य हुन्।

मन्त्रालयको आयोजना तथा नेपाल प्रज्ञा प्रतिष्ठान र मध्यपश्चिमाञ्चल साहित्य परिषद् काठमाडौँको सहकार्यमा कमलादी काठमाडौँमा लोकार्पण गरिएको हो।

नेपाली भाषाको मातृभाषाको रूपमा रहेको खास भाषाको जगेर्ना र पुस्तान्तरणमा टेवा पुग्ने अपेक्षा गरिएको मन्त्री भण्डारीले बताए। भाषा, संस्कृतिको पुस्तान्तरणका लागि यस किसिमका पुस्तकहरू मार्गदर्शन बन्ने उनले बताए।

संरक्षण र कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्दै मन्त्री भण्डारीले स्थानीय तहमा पाठ्यक्रम निर्माण गरी खस भाषा पठनपाठन र व्यावहारिक कार्यान्वयनका लागी सरकारले अभियानका रूपमा लैजाने बताए।

योगी नरहरिनाथ कृतिहरूको संकलन तथा अभिलेख गर्ने, कर्णाली भूगोल र संस्कृति संग जोडिएका पुस्तकहरूको संकलन गर्ने लगायतका कार्यहरु मन्त्रालयद्वारा गर्न लागिएको पनि उनले जानकारी दिए।

भाषाशास्त्री प्राध्यापक डा. माधवप्रसाद शास्त्रीले शब्द प्रकाशन कार्यालयले कर्णालीको भूगोल, शिर उच्च राख्ने कार्य भएको बताए। ‘कर्णालीको एक छाती चौडा भएको छ, भूगोलको एक चुचुरो थपिएको छ,’ उनले भने, ‘शब्दकोश लेख्ने कार्य सजिलो छैन, यो जटिल कार्य गर्ने साहस गर्नुभएकोमा गौरवान्वित भएका छौँ।’

प्रज्ञा परिषद सदस्य डा. मधुसुदन गिरीले कर्णालीको संस्कृति सम्पदाहरूको चर्चा गर्दै यसको संरक्षण र जगेर्नाको लागि अभियान बनाउन जरुरी भएको बताए। शब्दकोशले कर्णालीको खास भाषा बुझ्न र अध्ययन गर्न सहयोग प्राप्त हुने बताए।

प्रकाशित: २९ असोज २०८२ १७:३५ | Wednesday, October 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast