खगेन्द्र सुनारलाई ५० हजार धरौटीमा छाड्न आदेश

हिमाल प्रेस १३ कार्तिक २०८२ १६:२१ | Thursday, October 30, 2025
16
SHARES
खगेन्द्र सुनारलाई ५० हजार धरौटीमा छाड्न आदेश

काठमाडौँ- जिल्ला अदालत काभ्रेले दलित अभियन्ता खगेन्द्र सुनारलाई धरौटीमा छाड्न आदेश दिएको छ। न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासले बिहीबार उनलाई ५० हजार धरौटीमा छोड्ने आदेश दिएको हो।

सुनारमाथि अदालतको अपहेलना र अधिवक्तालाई अपशब्द बोलेको आरोपमा विद्युतीय कारोबार मुद्दा लागेको थियो। सुनार आज अदालतमा उपस्थित भएपछि थुनछेक बहस र आदेश भएको जिल्ला अदालतका काभ्रेका श्रेस्तेदार इन्दिरा कार्कीले जानकारी दिइन्।

उनले भनिन्,‘उहाँलाई धरौटीमा छोड्न आदेश दिइएको छ।’ अधिवक्ता मनीषा गौतमले आफूमाथि अपशब्द प्रयोग गरेको भन्दै सुरुमा साइबर ब्युरोमा उजुरी दिएकी थिइन्।

ब्युरोले उनलाई गृह जिल्लाबाटै कानुनी प्रक्रियामा अगाडि बढाउन भनेको थियो।

प्रकाशित: १३ कार्तिक २०८२ १६:२१ | Thursday, October 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast