काभा भलिबल : माल्दिभ्सविरुद्ध नेपालको जित

हिमाल प्रेस ७ कार्तिक २०८२ १९:४२ | Friday, October 24, 2025
काभा भलिबल : माल्दिभ्सविरुद्ध नेपालको जित

काठमाडौँ- बंगलादेशमा जारी सेन्ट्रल एसिया भलिबल संघ (काभा) कप पुरुष भलिबल प्रतियोगितामा नेपालले पहिलो जित दर्ता गराएको छ।

बंगलादेशको ढाकास्थित इन्डोर हलमा शुक्रबार भएको आफ्नो तेस्रो खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सेटमा हराउँदै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो। यस जितसँगै तीन खेलमा नेपालले चार अंक बटुलेको छ।

नेपालले माल्दिभ्सलाई खेलको पहिलो सेट २५–२१ जित्यो भने खेलको दोस्रो सेट २५–२३ ले हरायो। त्यसै गरी खेलको तेस्रो तथा अन्तिम सेट २५–१८ ले आफ्नो पक्षमा पार्‍यो।

यसअघि भएको पहिलो खेलमा नेपाल तुर्कमेनिस्तान र दोस्रो खेलमा बंगलादेशसँग पराजित भएको थियो। यही कात्तिक ११ गतेसम्म चल्ने उक्त प्रतियोगितामा नेपालले आफ्नो चौथो खेल अफगानिस्तानसँग ९ गते खेल्नेछ।

प्रकाशित: ७ कार्तिक २०८२ १९:४२ | Friday, October 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast